आइतबार, असार २१, २०८३

ए डिभिजन लिगमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रबारबाट तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरणका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रबारबाट तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरणका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

रंगशालामा आज दिउँसो एक बजे सुरु हुने खेलमा फ्रेन्ड्स क्लबले थ्रिस्टार क्लबको सामना गर्नेछ। थ्रिस्टारले यसअघिको खेलमा सातदोबाटोसँग हार बेहोरेको छ। त्यसैले ऊ आजको खेलमा जित निकालेर तालिकामा माथितिर नै रहन चाहन्छ।

‘दुई खेलपछि सबै खेलाडीको फिटनेस पनि लेभलमा आइसकेको छ भने उसले रणनीतिक तयारी पनि गरिसकेको छ,’ थ्रिस्टारका प्रशिक्षक रवीन्द्र सिलाकरले भने,‘तर प्रतिद्वन्द्वी कहिल्यै पनि कमजोर हुँदैन। हामीले त्यसैगरि तयारी गरेका छौं।’

पहिलो खेलमा जित निकाले पनि थ्रिस्टारले दोस्रो खेलमा हार बेहोरेपछि उसको तीन अंक छ। त्यसले उसलाई उपाधि यात्रामा असर त पर्दैन? जवाफमा प्रशिक्षक सिलाकार भन्छन्, ‘भर्खर दोस्रो चरणका खेल हुँदैछन्। धेरै खेल बाँकी नै छन्। अरू टिमले पनि कहीँ न कहीँ गल्ती गर्छन्। फरक पर्दैन जस्तो लाग्छ।’

यता फ्रेन्ड्का प्रशिक्षक मृगेन्द्र मिश्र भने आज बलियो टिमसँग अंक खोस्ने दाउमा छन्। उनले उनले तीन वा एक अंकका लागि खेल्ने बताएका छन्।

आजको दोस्रो खेलमा सातदोबाटोले विभागीय टिम एपीएफको सामना गर्नेछ। सातदोबाटो दुई खेलमा अपराजित छ भने एपीएफले दुवैमा पराजय भोगेको छ। त्यसैले एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले सातदोबाटोविरुद्ध तीन अंक खोसेर लिगमा खाता खोल्ने बताएका छन्।

‘लगालग दुई खेल हारेर टिमलाई दबाब छ। भोलिको खेलमा जित निकालेर हामी दबाब घटाउने विचारमा छौं,’ उनले भने, ‘पछिल्लो खेलहरूमा जति गल्ती गरेका थियौं। त्यसबाट पाठ सिकेर हामीले राम्रो खेल्ने विचार गरेका छौं।’

महर्जनले आफ्नो टिममा युवा खेलाडी भएर जित निकाल्नका लागि गाह्रो भइरहेको पनि बताएका छन्।

यता सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले एपीएफविरुद्ध मेहेनेत गरिरहेको जानकारी दिएका छन्। उनले भने, ‘तयारी राम्रो छ। थ्रिस्टारलाई हराएपछि मनोबल पनि उच्च भएको छ।’

सातदोबाटोले ल्याएको दक्षिण अफ्रिकाको खेलाडी पहिलो खेलमा नै घाइते भएका थिए। उनले लिगमा नै कमब्याक गर्छु भनिरहेको महर्जन बताउँछन्। ‘डाक्टरले चाहिँ आराम चाहिन्छ भनेको छ तर उसको लिग खेल्ने मन छ। हेरौं के हुन्छ,’ उनले भने।

प्रकाशित: Dec 03, 2021| 08:13 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।