काठमाडौं- रुसमा जारी विश्वकप अर्न्तगतको क्वार्टफाइनलको अन्तिम खेलको पहिलो हाफमा रुसले क्रोएसियाविरुद्ध १-० गोलको अग्रता बनाएको छ।
खेलको ३१ औं मिनेटमा रुसमा लागि जर्सी नम्बर ६ का खेलाडी चेरीसेभले पहिलो गोल गरेका हुन्।
प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रुस र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा भइरहेको छ।
सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रुस समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ। क्वार्टरफाइनल पुग्नका लागि रुसले ठूलै चमत्कार गरेको थियो। समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो। समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रुससँगको भेट पक्का गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४