आइतबार, असार २१, २०८३

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन  गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो। 

युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे। आर्सनलको लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे।

योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन्। ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन्। रोनाल्डोले १ हजार ९७ खेलमा  यो कीर्तिमानी बनाएका हुन्। 

खेलको १३ मिनेटमा आर्सनलका  स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए। ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे। ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २-१ को अग्रता दिलाए। दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २-२ को अवस्थामा ल्याए। 

तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो। यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए।  

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ। पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ। आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ। 

प्रकाशित: Dec 03, 2021| 08:05 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।