काठमाडौं- रुसमा जारी विश्वकपको क्वार्टरफाइनल अन्तिम खेलका लागि आयोजक राष्ट्र रुस र क्रोएसियाबीचको भिडन्त शुरु भएको छ।
प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रुस र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा भइरहेको छ।
सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रुस समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ। क्वार्टरफाइनल पुग्नका लागि रुसले ठूलै चमत्कार गरेको थियो। समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो। समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रुससँगको भेट पक्का गरेको थियो।
तुलानात्मक रुपमा कमजोर देखिएको रसिया विश्व फुटबल जगतलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलमा पुग्न तयार छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४