बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘अन्तर्राष्ट्रिय 'बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो

‘अन्तर्राष्ट्रिय 'बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो

राष्ट्रपति भण्डारीलाई विकास कोषका योजना प्रमुख इञ्जीनियर सरोज भट्टराईले बौद्धसभा तथा ध्यानगृहका बारेमा जानकारी गराउँदै असारसम्ममा काम पूरा हुने बताइन्। उनले असार मसान्तसम्म निर्माणको काम पूरा भए पनि वैशाख पूर्णिमामा उद्घाटन गर्ने राष्ट्रपतिलाई जानकारी गराइन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थलमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे जानकारी लिएकी छन्। 

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा सरिक हुन लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ निर्माणको कामबारे लुम्बिनी विकास कोषसँग जानकारी लिँदै काम छिटो पूरा गर्न आग्रह गरेकी छन्। उनले लुम्बिनीमा यो सभाहल अत्यावश्यक भएका कारण छिटो निर्माण पूरा गर्नुपर्ने बताइन्। 'सभाहल निर्माणसँगै लुम्बिनी गुरुयोजनाको काम पूरा गरेर तिलौराकोट र रामग्रामको विकासमा ध्यान दिनुस्,' उनले भनिन्। 

राष्ट्रपति भण्डारीलाई विकास कोषका योजना प्रमुख इञ्जीनियर सरोज भट्टराईले बौद्धसभा तथा ध्यानगृहका बारेमा जानकारी गराउँदै असारसम्ममा काम पूरा हुने बताइन्। उनले असार मसान्तसम्म निर्माणको काम पूरा भए पनि वैशाख पूर्णिमामा उद्घाटन गर्ने राष्ट्रपतिलाई जानकारी गराइन्। 

विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो। सभाहलसहितका संरचना बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले ठेक्का पाएको थियो। कोरोना महामारीका कारण पनि सभाहल निर्माणमा ढिलाइ भएको कोषको भनाइ छ।

विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ।

लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण सुरु गरेको हो। पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा विसं २०७५ वैशाख १८ गते राष्ट्रपति भण्डारीले यो सभाहलको शिलान्यास गरेका थिए। 

दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट डिजाइन गरिएको सभाहल निर्माणको काम सकिने चरणमा रहेको कोषले जनाएको छ। 

प्रकाशित: Dec 02, 2021| 21:21 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।