सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी अरेबिया र युएईमा पनि भेटियो ओमिक्रोनको भेरियन्टको संक्रमण

साउदी अरेबिया र युएईमा पनि भेटियो ओमिक्रोनको भेरियन्टको संक्रमण

साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्। सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

रियाद- साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ। 'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ।  उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्। सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ। 

National life

छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ। एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ। यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ।

यस नयाँ भेरियन्टले पुनः विश्वभरका यात्रा प्रतिबन्धहरू लागू गर्न प्रेरित गरेको छ।  साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू रोकेको थियो।  अन्य कैयौ देशले पनि दक्षिणी अफ्रिकी देशहरुबाट उडानहरू रोकेका थिए। साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्धहरू हटाइरहेको थियो। मुस्लिम पवित्र स्थानहरूमा पूजा गर्नेहरूलाई अक्टोबरदेखि काँधमा  काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति  दिइएको थियो । 

करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ। महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९ भन्दा बढी सङ्क्रमति भएका छन्।  जसमध्ये ८ हजार ८००  भन्दा बढीको मृत्यु भएको छ। 

युएईमा करिब ७ लाख ४२ हजार २०० सङ्क्रमति भएका छन् भने यसको संक्रमणबाट २ हजार १०० भन्दा बढीको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2021| 23:35 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।