बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा नोभेम्बरमा चार हजारभन्दा बढीमा डेङ्गु संक्रमण

श्रीलंकामा नोभेम्बरमा चार हजारभन्दा बढीमा डेङ्गु संक्रमण

सरकारी तथ्यांकअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस संक्रमण भएको देखिएको छ। यो गत २० महिनामा सबैभन्दा बढी थियो।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

कोलम्बो- नोभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु संक्रमण भएको  श्रीलंकाली सञ्‍चारमाध्यमहरुले जनाएका छन्। श्रीलंकाका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोप फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

सरकारी तथ्यांकअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस संक्रमण भएको देखिएको छ। यो गत २० महिनामा सबैभन्दा बढी थियो।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका डा. शिलान्ती सेनेविराट्नेले गत दुई महिनाभित्र देशभर परेको अविरल वर्षाका कारण डेङ्गुका बिरामीमा उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ।  

'डेंगु नियन्त्रण एकाइभएकाले क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले हामीले अवस्थाको अनुगमन गर्ने र रोकथामका कार्यक्रम र जनतालाई शिक्षित गर्नेजस्ता सम्बन्धित उपाय अपनाउँदै आएका छौं,' डा. सेनविराटले भने,'ज्वरो र मांसपेशी दुख्ने जस्ता केही लक्षणहरू कोभिड–१९ र डेङ्गु रोगीहरू दुवैमा देख्न सकिन्छ भन्ने तथ्यबारे पनि मानिसहरू सजग हुनुपर्छ।' 

सेनेभिराट्नेले मानिसहरूलाई आफ्नै निष्कर्षमा पुग्नुअघि तुरुन्तै चिकित्सा सल्लाह माग्न आग्रह गरे।  सरकारी तथ्यांकअनुसार पूर्वी प्रान्तको राजधानी सहर कोलम्बो र बाट्टिकालोआबाट निकै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्।

डेङ्गु ज्वरोका अन्य लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्‍नेजस्ता लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित: Dec 02, 2021| 23:15 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।