बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कम्बोडियाका प्रधानमन्त्रीले भने - मेरो शेषपछि जेठा छोरा प्रधानमन्त्रीको उम्मेदवार

कम्बोडियाका प्रधानमन्त्रीले भने - मेरो शेषपछि जेठा छोरा प्रधानमन्त्रीको उम्मेदवार

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नो अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका छन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

कम्बोडिया- कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नो अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका छन्। 

६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेटको नाम अघि सार्ने बताएका छन्। 

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरूमध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछु,’ उनले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्ने क्रममा भने।

४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य हुन्। उनी रोयल कम्बोडियन सशस्त्र बलका उपकमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुन्।

प्रकाशित: Dec 03, 2021| 00:00 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।