सोमबार, फागुन २५, २०८२

सोमालियामा घट्यो एचआइभी संक्रमण

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

सोमालिया-  पहिले-पहिले एचआचआईभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको छ। सोमालियाको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो समय यहाँ एचआईभी संक्रमण घटेको हो। 

National life

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो। यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स सङ्क्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै नै कमी आएको पाइएको छ। 

विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको बताए। 

यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक सार्वजनिक गरिएको हो। सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको सङ्क्रमण दर घट्दै गएको पनि देखिएको बताएको छ।

प्रकाशित: Dec 03, 2021| 00:30 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।