मंगलबार, असार ३०, २०८३

प्रधानमन्त्रीको घोषणा : यो वर्ष तुईन हट्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षभित्र तुईन हटाउने घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघले १५ औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ०७५ साल भित्र देशका सबै तुईन विस्थापित हुने बताए । 

‘तुईन एराको अन्त भनेको तुईन बन्द गर्नु मात्रै होइन, पछ्यौटेपनको अन्त्य पनि हो,’ उनले कार्यक्रममा भने ‘ज्यान खतरामा राखेर स्कुल जाने बालबालिकाको मनोबल उच्च पार्नु पनि हो । जीविकाका लागि पारी तर्छु कि खोलामा खस्छु भन्ने टुगों नहुने युगको अन्त्य हो ।’ 

तुईन विस्थापन फलामको डोरी विस्थापन गर्नुमात्रै नभएको उनको भनाइ छ । उनले भने, ‘मैले अहिले ९५ वटा तुईन विस्थापन गरिसकेको छु । अब करिब ५० वटा तुईन विस्थापन हुने तयारीमा छ ।’ उनका अनुसार महाकालीमा भएका तुईन हटाउन भारतसँग सहमती भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।