मिन्स्क- बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रसियामा गाभिएको क्रिमिया प्रायद्धीप आफ्नो भएको दाबी गरेका छन्। लुकासेन्कोले रसियाको आरआईए नोभोस्तीसँगको अन्तर्वार्तामा क्रिमिया आफ्नो भूमि भएको दाबी गरेका हुन्।
सन् २०१४ मा भएको जनमतसंग्रमा अधिकांशले क्रिमियालइ रसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए। तर, सो नतिजालाई किभ र पश्चिमा मुलकहरुले अस्वीकार गर्दै आएका छन्।
यसैबीच, लुकासेन्कोको अभिव्यक्तिपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ भने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएका छन्। रुसको सेना परिचालनसँगै रुसी आक्रमणको आशंका बढेको छ।
बेलारुस रसियाको नजिकको मित्र हो। अधिकांश देशले अझै पनि क्रिमियालाई युक्रेनको अभिन्न अंग मान्दै अाएका छन्।