काठमाडौं-जारी विश्वकपको क्वार्टरफाइनल खेलमा इङल्याण्डले स्वीडेनवलाई पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वार्टरफाइनल खेलमा इङल्याण्डले स्वीडेनलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुरुवाती खेलदेखिनै आक्रमक खेलेको इङल्याण्डले खेलको ३० औं मिनेटमा अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा इङल्याण्डका लागि ह्यारी मगुइरेले गोल गरेका थिए ।
उनले एस्ले योङगको पासमा उत्कृष्ट हेडिङ गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५८ औं मिनेटमा इङल्याण्डका डेले अलिले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले जेसेस लिङ्गार्डको पासमा उत्कृष्ट गोल गरेका थिए। जेसेसको गोलसँगै इङल्याण्डले २-० गोल अन्तरले स्वीडेनलाई पराजित गरेको थियो ।
खेलको सुरुवाती समाय देखिनै दबाबमा देखिएको स्वीडेन भने खेलमा फर्किन सकेन । स्वीडेनले केहि राम्रा गोल गर्ने अवसहरु पाएको थियो। तर, ति अवसहरु गुमाउन पुग्दा स्वीडेन पराजित भएको हो । इङल्याण्डको यो स्वीडेन विरुद्ध ९ औ जित हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४