बुधबार, कात्तिक १९, २०८२

फुटबलका 'न्यायाधीश'ले लिए गैरकानुनी बाटो!

यसबाहेक पनि भर्खरै चार जना भर्खरै रेफ्री कोर्स पास भएर आएका छन्। ६ जनाले परीक्षा दिएकामा ४ रेफ्री उत्तीर्ण भएका थिए। यता साविकका रेफ्रीहरुले नखेलाए नयाँ रेफ्री प्रयोग गर्न एन्फालाई स्वतन्त्रता भने छ।
 |  बिहीबार, मंसिर १६, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- फिफा रेफ्री र सहायक रेफ्रीले वर्षको चारपटक फिटनेस टेस्ट गराउनु पर्छ। त्यो टेस्ट आगामी डिसेम्बर २१ मा हुँदैछ। टेस्टका लागि अखिल नेपाल फुटबल संघ एन्फाले केही समय अघि नै रेफ्री डिपार्टमेन्टमार्फत् रेफ्रीहरूलाई खबर गरेको थियो।

Kumaribank

तर परीक्षणका लागि १९ दिन बाँकी रहँदा रेफ्री कमिटीको ध्यानाकर्षण भएको छ। ध्यानाकर्षण मात्र होइन, उनीहरुले टेस्ट नगराउन माग गर्दै एन्फालाई पत्र‍ बुझाएका छन्। यदि माग सम्बोधन नभएमा उनीहरूले राजीनामा दिने पनि पत्रमा उल्लेख गरेका छन्।

पत्रमा १० जना रेफ्रीको नाम भए पनि चार रेफ्रीले आफ्नो नाम फिर्ता लिइसकेका छन्। त्यसैले अहिले ६ जना रेफ्री फिटनेस टेस्ट सार्नका लागि एन्फामा निवेदन दिएर बसेका छन्।

ए डिभिजन लिग खेलाइरहेका १० रेफ्री तथा सहायक रेफ्रीमा युनल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किसन कनैया यादव, नवीन्द्र महर्जन, कविन व्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ, नानीराम थापा मगर र माधव केसी छन्।

यसबाहेक पनि भर्खरै चार जना भर्खरै रेफ्री कोर्स पास भएर आएका छन्। ६ जनाले परीक्षा दिएकामा ४ रेफ्री उत्तीर्ण भएका थिए। यता साविकका रेफ्रीहरुले नखेलाए नयाँ रेफ्री प्रयोग गर्न एन्फालाई स्वतन्त्रता भने छ।

Metro Mart

तर एन्फाको लिग समिति भने भएका रेफ्रीहरुसँग नै समन्वय गरेर अघि जाने गरी लचकता अपनाउने तयारीमा छ। तर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भने तोकिएकै मितिमा टेस्ट गराउनेमा अडिग छन्।

अहिले एन्फाका रेफ्री डाइरेक्टर गौतम कौर छन्। उनले तोकिएनुसार नै परीक्षणका कार्यक्रम हुने बताए। अब रेफ्रीहरुले टेस्ट दिन नमानेमा के हुन्छ? जवाफमा उनले नेपाल समयसँग भने, ‘हाम्रो आफ्नै कार्यक्रम छन्। हामी त्यसै अनुसार जान्छौं। यो त सानो अन्तरिक प्रतिस्पर्धा मात्र हो। ठूलो कुरा होइन।’ उनले यसबारे धेरै चर्चा हुनु आवश्यक नभएको पनि बताए। 

फिफाको व्यवस्था अनुसार प्रत्येक ४ महिनामा एकपटक रेफ्रीहरूले फिटनेस टेस्ट गराउनुपर्छ। तर गेम खेलाइरहेका रेफ्रीहरूका हकमा भने फिटनेस टेस्ट सार्न पनि सकिने फिफाको नियम छ। गेम नखेलाएका रेफ्रीका हकमा भने चार महिनामा एकपटक पनि फिटनेस टेस्ट अनिवार्य हुन्छ। 

के छ रेफ्रीहरूको माग?

अहिले सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ। र, फिटनेस टेस्ट लिगबीचमा रहेको छ। लिग चलिरहँदा रेफ्रीहरुले लिगको लागि तयार रहनुपर्छ।

त्यस्तोमा फिटनेसको टेस्टका लागि थप अभ्यास गर्न नसकिने रेफ्रीको भनाइ छ। त्यसैले उनीहरुले लिग सकिएपछि टेस्ट गर्नका लागि माग गरेका छन्।

तर ए डिभिजन लिग सकिएलगत्तै बी, सी डिभिजन सञ्चालन हुनेछन् भने त्यसपछि महिला लिग पनि सुरु हुनेछ। त्यो सकिएपछि नेपाल सुपर लिगको दोस्रो संस्करण हुने समय हुनेछ।

यता अहिलेको लिगमा लिग समितिले रेफ्रीविरुद्ध अपिल गर्न नपाउने नियम बनाएको छ।

प्रकाशित: Dec 02, 2021| 18:27 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।