मंगलबार, कात्तिक ११, २०८२

बैतडीमा जीप दुर्घटना, तीन जना घाइते

दुर्घटनामा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान दशरथचन्द नगरपालिका–११, बर्तौलीका डम्मर महरा घाइते भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान दशरथचन्द नगरपालिका–११, बर्तौलीका डम्मर महरा घाइते भएको प्रहरीले जनाएको छ।

Kumaribank

घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक मोती बमले बताए। 

बैतडीको गोठलापानीबाट दोगडाकेदार गाउँपालिका–४, बसालीतर्फ गइरहेको से १ ज २२६ नम्बरको जीप दोगडाकेदार गाउँपालिकाको तारलमा दुर्घटना भएको प्रहरी नायव निरीक्षक बमले बताए। 

उनले जीप सडकबाट करीब ५० मिटर तल झरेको बताए। गाडीमा १० जना सवार रहेको उनले बताए। जीप चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको उनले बताए।


प्रकाशित: Dec 02, 2021| 17:18 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।