सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकीमा सभापतिको उम्मेदवारी दर्ता शुल्क ९१ हजार, अरु पदका लागि कति?

गण्डकीमा सभापतिको उम्मेदवारी दर्ता शुल्क ९१ हजार, अरु पदका लागि कति?

त्यसैगरी उपसभापतिका लागि ६१ हजार र महामन्त्रीका लागि उम्मेदवारी दिँदा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ तोकिएको छ भने सदस्यका लागि ३१ हजार रुपैयाँ तोकिएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पहिलो प्रदेश अधिवेशन बिहीबारदेखि सुरु भएको छ। गण्डकी प्रदेशमा प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता शुल्क ९१ हजार तोकिएको छ।

त्यसैगरी उपसभापतिका लागि ६१ हजार र महामन्त्रीका लागि उम्मेदवारी दिँदा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ तोकिएको छ भने सदस्यका लागि ३१ हजार रुपैयाँ तोकिएको छ। 

गण्डकी प्रदेश अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिबाट जनही २ हजार ५ सय रुपैयाँका दरले रजिष्ट्रेशन शुल्क निर्धारण गरिएको छ। 

नेपाली कांग्रस गण्डकी प्रदेश निर्वाचन समितिका अनुसार  शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम तय गरिएको छ। मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेद्वारहरू टुंगिएको छैन।


kumari

 संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई उम्मेदवार बनाउने भएको छ भने संस्थापनइतर समूहमा पाँच जनाको दाबेदारी छ। कास्कीबाट देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका छन्।

आकांक्षी धेरै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको पोखरामा निरन्तर बैठक चलिरहेको छ। 

संस्थापन पक्षले उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाउने भएको छ। महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला चालिसेको नाम चर्चामा छ।

संस्थापनइतरले भने उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी र सरिता गुरुङलाई उठाउने देखिएको छ। अर्को सहमहामन्त्रीको उम्मेद्वार कसलाई बनाउने भन्‍ने चर्चा भइरहेको छ।

मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङले कुनै पनि पदाधिकारी नपाउने भएको छ । अरु नाम पनि हेरफेर हुन सक्ने पौडेल समूहका एक नेताले बताए। 

प्रकाशित: Dec 02, 2021| 16:36 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।