काठमाडौं-जारी विश्वकपको शनिबार जारी क्वार्टरफाइनल खेलको पहिलो हाफमा इङलण्डले अग्रता लिएको छ ।
खेलको ३० औं मिनेटमा ह्यारी मगुइरेले गरेको गोलबाट इङल्याण्डले अग्रता लिएको हो । ह्यारीले एस्ले योङगको पासमा उत्कृष्ट हेडिङ गर्दै गोल गरेका हुन । यो गोलसँगै इङल्याण्डले १–० को अग्रता बनाएको छ । खेलको सुरुवाती समय देखिनै इङल्याण्डले स्वीडेन विरुद्ध आक्रमक खेल खेलिरहेको छ ।
पहिलो हाफमा इङल्याण्डले केहि अवसर सिर्जना गरेको थियो । तर, ति अवसरहरुको सदुपयोग भने गर्न सकेको थिएन् । अहिलेसम्म स्वीडेन र इङल्यान्डको भेट २४ खेलमा भएको छ ।
जसमध्ये ८ खेलमा इङल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इङल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४