शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, मंसिर १६, २०७८

बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा दुई संस्थापन र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रमा संस्थापन समूहमै भए पनि रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धी बनेका भरतकुमार शाह र अमरसिंह पुन मगरबीच चुनावी प्रतिस्पर्धा हुन लागेको छ। 

National life

शाह संस्थापन (देउवा) र पुन संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार बनेका छन्। शाह पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने पुन कोइराला परिवार निकट रहँदै आएका छन्। 

पूर्वराज्यमन्त्री, प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापतिसमेत भइसकेका शाह प्रदेश सभापतिमा पौडेल समूहलाई टक्कर दिने तयारीमा छन्। यद्यपि अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ। 

शाह कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भए पनि तल्लो तहको निर्वाचनमा भने गृहमन्त्री खाँणका प्रतिस्पर्धी मानिन्छन्। संघीय र क्षेत्रीय अधिवेशनमा देउवा र पौडेल समूहले प्यानल बनाएर चुनावमा उत्रँदा शाहको निर्वाचन क्षेत्रमा भने सर्वसहमतिमै नेतृत्व चयन भएको थियो। गृहमन्त्री खाँणको निर्वाचन क्षेत्रमा मतगणनाकै बेलामा कुटाकुट भएको थियो। केन्द्रीय नेतृत्वसँगको निकट सम्बन्ध र खाँण विरोधी तप्का बढ्न थालेपछि संस्थापनबाट लुम्बिनीको सभापतिमा शाहलाई अघि सारिएको कांग्रेस नेताहरु बताउँछन्। 

पहिलोपटक प्रदेश संरचनाको कमिटी गठन गर्न लागेको कांग्रेसलाई गतिशील र विचारका हिसाबले मजबुद बनाउन उम्मेदवारी घोषणा गरेको बताउँछन् पुन।

Laxmi sunrise bank
kumari
पूर्वराज्यमन्त्री रहेका पुनले सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीको किल्ला मानिने रोल्पामा कांगेस साख बचाउने इमानदार नेताको छवि बनाएका छन्। 

‘अहिलेसम्म कांग्रेस कस्तो भयो, कुन अवस्थामा छ, त्यसबारे कसैले भनिरहनुपर्छ?’ उनले भने, ‘मत र विचार दुवै हिसाबले शक्तिशाली छौं।’ पूर्वराज्यमन्त्री रहेका पुनले सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीको किल्ला मानिने रोल्पामा कांगेस साख बचाउने इमानदार नेताको छवि बनाएका छन्। 

कांग्रेसको केन्द्रीय राजनीतिमा समेत प्रभाव जमाउन सक्ने पुनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, गगनकुमार थापा, चन्द्र भण्डारीसहितका नेताहरुले साथ दिएका छन्। कांग्रेसको विधान निर्माणमा समेत संलग्न पुन प्रदेशको भूगोल, जातजाति र यहाँका जनताको भावनालाई कदर गर्दा सभापति आफैं हुनुपर्ने दाबी गर्छन्। 

संस्थापन पक्षबाट सभापतिका उम्मेदवार रहेका शाहले कांग्रेसभित्र विभाजनभन्दा एकता आवश्यक रहेकाले सबै पक्षलाई समेटेर लैजानुको विकल्प नभएको बताउँछन्। ‘म कसैलाई काखा र कसैलाई पाखा लगाउने काममा संलग्न हुन्न र छैन’, उनले भने, ‘साँच्चिकै कांग्रेसलाई एकताबद्ध बनाउन मलाई नै मत दिनुहुन्छ।’ 

शाहलाई गृहमन्त्री खाँणको पूरा साथ छ। खाँण लुम्बिनी प्रदेशको अधिवेशनको जिम्मेवारी लिएर आएका छन्। खाँणकै गृहजिल्ला रुपन्देहीको भैरहवामा प्रदेश अधिवेशन हुँदैछ। संस्थापन इतर समूहले प्रशासनको बलमा अधिवेशनमा हस्तक्षेप गराएको आरोप लगाउने गरेको छ। 

 लुम्बिनीमा १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापतिसहितका उम्मेदवार विजयी भएका छन्। 

पुन भन्छन्, ‘प्रहरी/प्रशासनको बलमा चुनाव गराइएको छ, हामी यही अराजकता रोक्न चाहन्छौं।’ पुन बलियो उम्मेदवार भएकाले शाहलाई अगाडि सारिएको हो। लुम्बिनीमा १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापतिसहितका उम्मेदवार विजयी भएका छन्। 

रुपन्देही र बर्दियामा मात्रै संस्थापन पक्षका सभापति विजयी भएका हुन्। रुपन्देहीमा खाँण र शाहकै मिलेमतोमा नेतृत्व चयन भएको थियो। देउवा, पौडेल र शाह पक्षलाई भागबन्डा गरेपछि रुपन्देहीमा खाँणका भाइ रामकृष्ण खाँण सभापति बनाइएका थिए। लुम्बिनी सभापतिका उम्मेदवार शाहले श्रीमती अनिता शाहलाई उपसभापति बनाएका छन्। त्यसो त भरत शाह आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय मानिन्छन्। 

संस्थापन पक्षको साथ र समर्थन रहेकाले मतका हिसाबले पौडेल पक्ष अगाडि रहे पनि अनेक रणनीति अपनाएर शाहले चुनाव जित्न सक्ने आंकलन गरिएको छ। शाहले २०५६,७० र ७४ सालको निर्वाचन जितेका छन्। कांग्रेस रोल्पाका पूर्वसभापति सिंह पनि जिल्लामा लोकप्रिय छन्। 

पुनले एक हप्तादेखि सभापतिमा उम्मेदवार घोषणा गर्दै जिल्लाजिल्ला भेटघाटमा थिए। लुम्बिनीमा सभापति, उपसभापति २, महामन्त्री २, सहसचिव एक महिलासहित ३ गरी ६७ जना प्रदेश सदस्यमा निर्वाचन हुनेछ। 

संस्थापन इतर समूहबाट प्रदेश महामन्त्रीमा गुल्मी कांग्रेसका पूर्वसभापति भुवन श्रेष्ठ, अर्घाखाँचीका पूर्वसभापति विष्णु मुस्कान, कपिलवस्तुका पूर्वसभापति सुरेन्द्रराज आचार्य र दाङका शकर गिरीले दाबी गरेका छन्। संस्थापन समूहबाट रुपन्देहीका पूर्वसभापति अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, राजु खनाल, सुरेन्द्र हमालले दाबी गरेका छन्।

भैरहवामा प्रदेश अधिवेशन उद्घाटन 

कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा बिहीबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय भएको छ। अधिवेशन उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्नेछन्। उद्घाटनपछि शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। बिहीबार दिउँसोसम्म मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताए।

प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन्। यद्यपि यो संख्या मतदाता नामावली प्रकाशनपछि मात्रै यकिन हुने थापाले बताए। अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने लुम्बिनी सचिवालय सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए। 


प्रकाशित: Dec 02, 2021| 12:58 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।