शनिबार, माघ ३, २०८२

मुख्य प्रशिक्षक छान्न आईसीसीसँग समन्वय गर्दै क्यान

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय पुरुष टिमका मुख्य प्रशिक्षक नियुक्ति अन्तिम चरणको पुगेको बताएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय पुरुष टिमका मुख्य प्रशिक्षक नियुक्ति अन्तिम चरणको पुगेको बताएको छ। क्यानले सूचना जारी गर्दै पाँच जना प्रशिक्षकको अन्तरवार्ता सकिएको र अब नियुक्तिको तयारी भइरहेको जानकारी दिएको हो।

National life

नेपाली टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका थिए। त्यसमा क्यानको मुख्य प्रशिक्षक छनोट समितिले ५ छनालाई सर्ट लिस्टमा राखेर हिजो अन्तरवार्ता गरेको थियो।

‘६० जना प्रशिक्षकले निवेदन दिएका थिए। पहिलो चरणमा १५ जनालाई छनोट गरिएको थियो। त्यसबाट ५ जना प्रशिक्षक सर्टलिस्ट गरिएको थियो,’ क्यानले सूचनामा भनेको छ, ‘पाँच प्रशिक्षकसँगै क्यानले अन्तरवार्ता सकेर अहिले आईसीसीसँग समन्वय गरिरहेको छ।’ 

पछिल्लो समय नेपालले ओमनमा आईसीसी विश्वकप लिग २ को सिरिज खेलेपछि नेपाली प्रशिक्षक डेव वाटमोरले नेपाली टिम छोडेका थिए। क्यानले गएको जनवरीमा एक वर्षका लागि प्रशिक्षक नियुक्ति गरे पनि प्रशिक्षक वाटमोरले कार्यकाल नसकिकनै राजीनामा दिएका थिए।


प्रकाशित: Dec 02, 2021| 11:26 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।