आइतबार, असार २१, २०८३

चीनमा सबैखाले टेनिसका प्रतियोगितामा प्रतिबन्ध

विश्व महिला टेनिस संघले चीनमा आयोजना हुने सबै टेनिसका प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– विश्व महिला टेनिस संघले चीनमा आयोजना हुने सबै टेनिसका प्रतियोगितामा प्रतिबन्ध लगाएको छ। उसले खेलाडी पेङ सुहाईको खोजी गरिनुपर्ने माग गर्दै चीनका सबै प्रतियोगितामा प्रतिबन्ध लगाएको हो।

३५ वर्षे पेङले चिनियाँ पूर्व उपराष्ट्रपति ज्याङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनी सार्वजनिक स्थलहरुमा देखिएकी छैनन्। 

यसै घटनालाई दिएर विश्व टेनिस महासंघका अध्यक्ष स्टिभ साइमनले भने यो निकै गम्भीर विषय रहेको बताएका छन्। उनले पेनङ स्वतन्त्र, सुरक्षित र उनी धम्कीपूर्ण अवस्थाबाट बाहिर रहेको हुनक्नेमै शंका रहेको बताएका छन्।

‘राम्रो विवेकका साथ मैले मेरा खेलाडीहरुलाई त्यहाँ खेल्नका लागि कसरी आग्रह गर्न सक्छु?’ उनले भने। यता महासंघले पेङबारे अनुसन्धन गरिनुपर्ने भनेर बारम्बार आग्रह गरिरहेको छ। उनले सामाजिक सञ्जालमा दुर्व्यववहारको आरोप लगाएलगत्तै विश्वव्यापी रुपमा उनका लागि आवाज उठिरहेको छ।

यता उनले गएको नोभेम्बरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचसँग कुरा गर्दै आफू सुरक्षित र ठिक रहेको बताएकी थिइन्। महासंघले भने उनी सुरक्षित रहेको पुष्टी गर्न भिडियो अपूर्ण रहेको बताउँदै आएको छ।

लामो सूचनामा साइमनले यदि चीनमा २०२२ मा प्रतियोगिता आयोजना गरेको खण्डमा खेलाडीहरुमा सुरक्षा चुनौति थपिन सक्नेबारे सजग रहेको जानकारी दिएका छन्। उनले पेङमाथिको घटना कुनै पनि व्यवसायभन्दा माथि रहेको पनि बताएका छन्।


प्रकाशित: Dec 02, 2021| 11:50 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।