सोमबार, फागुन २५, २०८२

तालिबानद्वारा १०० ‘पूर्व सुरक्षाकर्मी’को हत्या

सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब १०० दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको उक्त मानवअधिकारवादी समूहले जानकारी गराएको हो। उनीहरूको निशानामा विपक्षी निकट देखिने सर्वसाधारण पनि पर्ने गरेको बताइएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काबुल- तालिबानले अगस्टमा सत्ता कब्जा गरेपछि पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको मानव अधिकारवादी समूह (ह्युमन राइट वाच)ले बुधबार जनाएको छ।

National life

सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब १०० दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको उक्त मानवअधिकारवादी समूहले जानकारी गराएको हो। उनीहरूको निशानामा विपक्षी निकट देखिने सर्वसाधारण पनि पर्ने गरेको बताइएको छ।

समूहले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ। यद्यपि तालिबान प्रवक्ताले जारी एक विज्ञप्तिमा आफ्नो समूहले पूर्व सुरक्षाकर्मीलाई लक्षित गरी कारबाही गरेको भन्ने समाचारहरू सत्य नभएको बताएका छन्।

तालिबानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो। तालिबानको पुनः उदयपछि अफगानिस्तानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो।

 पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन। तालिबानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो।

Laxmi sunrise bank
kumari

सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिबानले ठूलो नरसंहार मच्चाएको थियो। उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो।

वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिबानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ। वाचका अनुसार तालिबानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ। तालिबानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाइएको छ।

प्रकाशित: Dec 02, 2021| 00:30 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।