काठमाडौं-बेल्जियमसँग क्वार्टरफाइनलमा २-१ ले पराजित हुँदै पाँच पटकको विजेता विश्व कपबाट बाहिरिएको छ । ब्राजिलियन पाउलिन्हो र गाब्रियल जिसस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु निकै निराशाजनक भएको बताएका छन् । दुवैले आफ्नो प्रदर्शन पनि सन्तोषजनक हुन नसकेको स्वीकार गरे ।
जर्मनीसँग सन् २०१४ को विश्वकप सेमिफाइनलमा पराजित हुँदा भन्दा पनि यसपटकको हार बढी पीडादायक भएको बताए । घरेलु मैदानमा त्यति बेला ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।
बेल्जियमविरुद्ध अन्तिम समयसम्म पनि टोलीले प्रयास गरेपनि सफलता निकाल्न सकेने । पाउलिन्होले टेलिभिजन अन्तरवार्ताका क्रममा भनेका छन्, ‘२०१४ को हार पनि सहन मुस्किल थियो । झन यो हार त्यो भन्दा बढी पीडादायी रह्यो ।’
बेल्जियमसँग अन्तिम सेकेन्डसम्म लडेको ब्राजिल नै खेलमा हाबि थियो । गाब्रियल जिससले पनि यस विश्वकपमा गोल गर्न सकेनन् ।
फर्नान्डिन्होको आत्मघाती गोल र केभिन डि ब्रुयनेको गोलबाट पछि परेको ब्राजिलका लागि रेनाटो अगुस्टोले गोल फर्काएका पनि खेलमा फर्कन त्यो पर्याप्त भएन ।
ब्राजिलले पछिल्लो पटक २००२ मा विश्वकप जितेको थियो । विश्व कप छनोटमा उच्च प्रदर्शन गरेपनि ठूला प्रतियोगितामा ब्राजिल चुक्दै आएको छन् । २००७ पछि ब्राजिलले कोपा अमेरिकाको उपाधि पनि जित्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४