बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले महाधिवेशनमा सहभागी भएका भगलुको दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयो शव

एमाले महाधिवेशनमा सहभागी भएका भगलुको दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयो शव

´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

सप्तरी- चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी  चितवन गएका थिए।

भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ। महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए।

´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका  सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो। घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् । -सुधा देव/ न्युज कारखाना 

प्रकाशित: Dec 01, 2021| 20:41 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।