मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

प्रदेश २ बाट अध्यक्ष केपी शर्मा ओली नजिक भनिएका नेता रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन्। यसअघि ओलीले महासेठ र उनकी पत्‍नी जुली महतोलाई पालैपालो मन्त्री बनाएका थिए।
 |  बुधबार, मंसिर १५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, मंसिर १५, २०७८

जनकपुरधाम- नेकपा एमालेको जनाधार कमजोर भएको भनिएको प्रदेश २ बाट १० औं महाधिवेशले एक पदाधिकारीसहित ३० जनालाई केन्द्रीय कमिटीमा चयन गरेको छ। प्रदेश २ बाट एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीमा एक पदाधिकारी र २९ जना केन्द्रीय सदस्यहरु चयन भएका हुन्। 

National life

प्रदेश २ बाट अध्यक्ष केपी शर्मा ओली नजिक भनिएका नेता रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन्। यसअघि ओलीले महासेठ र उनकी पत्‍नी जुली महतोलाई पालैपालो मन्त्री बनाएका थिए।

त्यसैगरी महाधिवेशनअघि प्रचण्डको साथ छोडेर एमालेमा ओलीको समूहमा रहेका रौतहटबाट प्रतिनिधित्व गर्ने प्रभु साह पनि सचिव पदकै अकांक्षी थिए। यद्यपि स्थायी कमिटीमा राख्‍ने आश्वासन पाएपछि उनले केन्द्रीय सदस्य पदमै चित्त बुझाएका हुन्।

एमालेको १० औं महाधिवेशनमा प्रदेश २ बाट पूर्व माओवादी आएका नौ जनालाई ओलीले केन्द्रीय कमिटीमा ल्याएका छन्। पूर्व माओवादीबाट प्रभु साहसहित ज्वाला कुमारी साह, रामचन्द्र मण्डल, उपेन्द्र साह, कुन्दन प्रसाद कुश्वाहा, टेकबहादुर बलमपाकी, मोहम्मद समिर, रामपृत राम र प्रतिक्षा तिवारी केन्द्रीय सदस्य बनेका हुन्। 

प्रदेश २बाट एमालेको केन्द्रिय कमिटीमा सबैभन्दा बढी धनुषाबाट ७ परेका छन्। धनुषाबाट जुली कुमारी महतो, रामचन्द्र मण्डल, हरिनारायण महतो, शिला यादव, संजिव झा र प्रतिक्षा तिवारी रहेका छन्। रामचन्द्र मण्डललाई एमालेमै लागेका कारण माओवादी केन्द्रले कारबाही गरेर प्रदेश २को प्रदेशसभा सदस्य पदबाट हटाएको थियो। पर्साबाट ५ जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। पर्साबाट प्रभु हजरा, कल्पना कटुवाल, मोतीलाल दुगड, राजकुमार प्रसाद गुप्ता र अरविन्द कुमार सिंह केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्।

Laxmi sunrise bank
kumari

सप्तरीबाट सुमन प्याकुरेल, सरिता कुमारी गिरी, राजकुमार लेखी र जगदीश प्रसाद कुशियैत केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। सिरहा, सर्लाही, महोत्तरी र रौतहटबाट ३-३ जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। सिरहाबाट लिलानाथ श्रेष्ठ, गंगाप्रसाद यादव र रामपृत राम रहेका छन्। 

सर्लाहीबाट रञ्‍जना सरकार, कमलादेवी महतो र रितादेवी साह रहेकी छन्। त्यस्तै महोत्तरीबाट टेकबहादुर बलमपाकी, सरोजकुमार यादव र रेखा कुमारी झा रहेका छन् । रौतहटबाट प्रभु साह, उपेन्द्र साह र कुन्दन प्रसाद कुश्वाहा रहेका छन्।

प्रदेश २ को बारा‍बाट सबैभन्दा कम सदस्यले केन्द्र‍ीय कमिटीमा स्थान पाएका छन्। बाराबाट ज्वाला कुमारी साह र मोहम्मद समिर रहेका छन्। दुबै जना पूर्व माओवादी पृष्ठभूमिका नेता हुन्। माओवादी छोडेर एमालेमा लागेपछि यी दुबैजनालाई प्रदेश २ को प्रदेशसभा सदस्यबाट माओवादी केन्द्रले कारबाही गरेर हटाएको थियो।     

प्रकाशित: Dec 01, 2021| 19:39 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।