मंगलबार, असार ३०, २०८३

विश्वकप : आत्मघाती गोलकै कारण हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-फिफा विश्वकप १९३० देखि २०१४ सम्म विश्वकपमा जम्मा २ हजार ३ सय गोल भएका छन् । जसमा ४१ वटा आत्मघाती गोल भएको तथ्यांक छ । फुटबल मैदानमा यस्तो घटना बिरलै हुन्छ । तर, जारी विश्वकपमा क्वाटरफाइनलका दुई खेल सकिँदा सम्म एक सय ५१ गोल हुदा ११ आत्मघाती गोल भएका छन् । 

रुसका खेलाडीले दुई आत्मघाती गोल गर्दा अष्ट्रलिया, मोरक्को, ब्राजिल, नाईजेरिया, स्विट्जरल्याण्ड, इजिप्ट, पोल्याण्ड, ट्युनिसिया र मेक्सिकोका खेलाडीले एक एक आत्मघाती गोल गरेका छन् ।

पछिल्लो ब्राजिल र बेल्जियमबीचको क्वाटरफाइनल खेलमा ब्राजिलका फर्नान्डिनोले गरेको आत्मघाती गोल नै ब्राजिलको हारको कारण बन्यो । ब्राजिलले बेल्जियमसँग २-१ ले पराजित भएको थियो।

१९९४ को विश्वकपका दौरान कोलम्बियाका मिडफिल्डर आन्द्रे एस्कोबारले अमेरिकी टोलीबीचको खेलमा आत्मघाती गोल गरेका थिए । सोहि आत्मघाती गोलका कारण कोलम्बियाले २-१ ले पराजित भएको थियो। यसको एक हप्ता पछि उनलाई आत्मघाती गोलकै कारण गोली हानी हत्या गरिएको थियो । 

आजसम्म आयोजित विश्वकप मध्ये १९३४, १९५८, १९६२ र १९९० को विश्वकपमा मात्र आत्मघाती गोल भएको छैन् । फ्रान्समा भएको विश्वकप १९९८ मा यसअघिको सबैभन्दा बढी आत्मघाती गोल भएको मानिन्छ । त्यो बेला ६ आत्मघाती गोल भएको थियो । तर, यसपालीको विश्वकपमा भने अझै ६ खेल बाँकी रहदा सम्म ११ आत्मघाती गोल भैसकेका छन् । यो नै २१ औं संस्करणको विश्वकप सम्मको सबैभन्दा धेरै आत्मघाती गोल संख्या हो ।

२०१४ को विश्वकपमा पनि पाँच आत्मघाती गोल भएका थिए । यस मध्ये दुई गोल फ्रान्सका दुई अलग अलग खेलमा होन्डुरस र नाइजेरियाले गरेका थिए । तर, हाल सम्मको विश्वकप यात्रामा आत्मघाती गोल नगर्ने राष्ट्र फ्रान्स मात्र हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।