काठमाडौं- त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा सञ्जीव भट्टराईले फेसबुकमा म्यासेज पठाउँदै विभिन्न व्यक्तिलाई बोलाएर रकम ठगी गर्ने पाइएको छ। आफू अस्पतालको आँखाको चिकित्सक भएकाले अस्पतालमा आउन आग्रह गर्दै उनले ठगी गर्ने गरेको पाइएको हो।
बुधबार डा भट्टराईले पत्रकार मुना कुँवरलाई पनि ठगी गरेपछि यो विषय बाहिर आएको हो। पत्रकार कुँवरले आफू ठगीमा परेको उल्लेख गरेकी छन्। उनले आफूलाई डा भट्टराईले फोन गरेर अस्पताल बोलाएको र कुनै बिलभर्पाई पनि नदिई आफूले शुल्कबापत दिएको रकम गोजीमा राखेको आरोप लगाएकी छन्।
'मेरो साँझ ५ बजेदेखि साढे ७ बजेसम्म कक्षा छ। यो विषयमा मलाई साढे ७ बजे फोन गर्छु। तर मुनाजीले आरोप लगाएजस्तो मैले रकम लिएको छैन', उनले दाबी गरे, 'पैसा लिएको तर बिलभर्पाई नदिएको विषयमा मलाई जानकारी छैन।'
उनको स्टाटसमा कम्मेन्ट आउने क्रम जारी छ। उनको स्टाटसमा कम्मेन्ट गर्नेहरू पनि अधिकांश पत्रकार छन्। अर्की पत्रकार कालिका खड्काले आफूलाई पनि डा भट्टराईले म्यासेन्जरमा म्यासेज पठाएर आँखाको समस्या भए अस्पताल आउन आग्रह गरेको भन्दै स्क्रिनसट सेयर गरेकी छन्। यस्तै अर्की पत्रकार अरिष्मा लामाले पनि आफूलाई डा भट्टराईले त्यस्तै प्रकृतिको म्यासेज आएको भन्दै स्क्रिनसट सेयर गरेकी छन्।
यो विषयमा हामीले डा भट्टराईलाई सम्पर्क गर्दा सुरुमा उनले आफू क्लासमा भएकाले बोल्न नमिल्ने बताएका थिए। तर तपाईंका विषयमा समाचार प्रकाशन हुँदैछ भनेपछि उनले आफू त्रिवि शिक्षण अस्पतालको चिकित्सक भएकाले विभिन्न व्यक्तिले उपचार र समस्याका विषयमा फेसबुकमा नै जिज्ञासा राख्ने गरेको दाबी गरे। 'मेरो साँझ ५ बजेदेखि साढे ७ बजेसम्म कक्षा छ। यो विषयमा मलाई साढे ७ बजे फोन गर्छु। तर मुनाजीले आरोप लगाएजस्तो मैले रकम लिएको छैन', उनले दाबी गरे, 'पैसा लिएको तर बिलभर्पाई नदिएको विषयमा मलाई जानकारी छैन।'
उता पत्रकार मुनाले भने आफूलाई बाहिर भीड भएको भन्दै सीधै परीक्षण गराएको र रकम माग गरेको आरोप लगाएकी छन्। आफूले पैसा दिँदा अरु कसैले नदेख्ने गरी छड्के परी हतारहतार गोजीमा रकम राखेको समेत उनको भनाइ छ। यति मात्र होइन डा भट्टराईले चस्मा बिक्री गरिदिएबापत् कमिसन पनि लिने गरेको भुक्तभोगी बताउँछन्। मुनाले लेखेकी छन्, 'अन्तमा मलाई चक्रपथको चडेश्वरी चश्मा हाउसमा गएर चस्मा बनाउनुहोस् भन्दै कार्ड दिए। अनि केही काम परे सिधै आउनु है टिकट लिनु पर्दैन भन्दै बिदा गरे।'
यस्तो छ पत्रकार कुँवरको स्टाटस