शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू–१९ क्रिकेटको फाइनलमा पुग्यो लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ को अझै टुंगो लागेन

यू–१९ क्रिकेटको फाइनलमा पुग्यो लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ को अझै टुंगो लागेन

राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेपछि प्रदेश १ को फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेपछि प्रदेश १ को फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।

National life

बुधबार मूलपानी रंगशालामा भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ माथि ६ विकेटको जित निकालेको छ। टस हारेर पहिले ब्याटिङको अवसर पाएको प्रदेश १ ले २४ ओभर खेल्दै पूरा विकेट गुमाएर ९० रन बनाएको थियो।

जवाफमा सुदूरपश्चिमले ११४ बल बाँकी रहँदै चार विकेट गुमाएर ९१ रनको लक्ष्य ९४ रन बनाएर पूरा गर्यो। बुधबारको खेलमा जित निकाल्न सकेको अवस्थामा प्रदेश १ फाइनलमा पुग्ने अवस्था थियो। तर उसले जित निकाल्न नसकेपछि फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।

किनभने तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी फाइनल पुगिसकेको छ। यस्तोमा दोस्रो र तेस्रो स्थानमा रहेका सुदूरपश्चिम र प्रदेश १ को समान ६–६ अंक छ। र, दुवैको एक खेल बाँकी रहँदा सुदूरपश्चिमको नेट रनरेट धेरै रहेको छ।

सुदूरपश्चिमको नेट रन रेट १.०७५ हुँदा प्रदेश १ को नेट रन रेट ऋणात्मक छ। यसकारण आउँदो खेलमा सुदूरपश्चिमले जित निकालेको अवस्थामा प्रदेश १ फाइनल पुग्नबाट बञ्चित हुनेछ। बिहीबारको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्नेछ। त्यस्तै, सुदूरपश्चिमले बागमती प्रदेशको सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

आजको खेलमा प्रदेश १ का अंकित सुवेदीले ६१ रन बनाए। उनले बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गरेनन्। सुदूरपश्चिमका शेल मल्ल, नरेन्द्र साउद र कैलाश ऐरीले क्रमशः ४, ३ र २ विकेट गिराए।

जवाफमा वसन्त कार्की र अर्जुन साउदले क्रमशः ३७ र ३२ रन बनाएर सुदूरपश्चिमलाई जित दिलाए। प्रदेश १ का अभिनय राजवंशीले दुई विकेट लिँदा शर्वन किस्कु र अंकित सुवेदीले समान १–१ विकेट लिए।

आजकै अर्को खेलमा लुम्बिनीले प्रदेश नम्बर २ लाई ९ विकेटले हराएको छ। प्रदेश २ ले दिएको १६९ रनको लक्ष्य लुम्बिनीले एकमात्र विकेट गुमाएर भेट्टाएको हो। प्रदेश २ का सन्तोष कार्कीले ८२ रन बनाए।

यता लुम्बिनीका वासिर अहमदले पाँच र विशल विक्रम केसीले तीन विकेट लिए। जवाफमा आकाश त्रिपतिले ५७ रन बनाउँदा देव खनालले ६२ रन बनाए। प्रदेश २ ले अतिरिक्त ३८ रन दिएको थियो।

प्रकाशित: Dec 01, 2021| 16:18 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।