बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संस्थापन इतर समूहको बैठक : प्रदेश सभापति छान्ने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यलाई

संस्थापन इतर समूहको बैठक : प्रदेश सभापति छान्ने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यलाई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले प्रदेश अधिवेशनमा उम्मेदवारको टुंगो लगाउने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूलाई दिएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले प्रदेश अधिवेशनमा उम्मेदवारको टुंगो लगाउने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूलाई दिएको छ। 

बुधबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले उम्मेदवारहरूको टुंगो लगाउने अधिकार केन्द्रीय सदस्यलाई दिएको हो। 

‘हाम्रो समूहले प्रदेशका सभापतिको उम्मेदवार र पदाधिकारीको उम्मेदवार छान्ने निर्णय सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूलाई दिएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘अब प्रदेशका केन्द्रीय सदस्यहरू बस्नुहुन्छ र उम्मेदवारी टुंगो लगाउनुहुन्छ।’ 

कांग्रेसले पहिलो पटक संघीय संरचना अनुरूप प्रदेश तहको अधिवेशन गर्दैछ। बिहीबार देशभरका सातै प्रदेशमा अधिवेशन उद्घाटन हुनेछ। शुक्रबार मनोनयन दर्ता हुनेछ। मतदान भने शनिवार हुनेछ।

कुन प्रदेशको उम्मेदवारी कसले टुंग्याउँछन्? 

देश १– बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा.शेखर कोइराला, सरिता प्रसाईं, गुरुराज घिमिरे

प्रदेश– सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव

बागमती प्रदेश– प्रकाशमान सिंह, डा।रामशरण महत, अर्जुननरसिंह केसी,

गण्डकी प्रदेश– रामचन्द्र पौडेल, डा।शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियार

लुम्बिनी प्रदेश– दीपक गिरी, चन्द्र भण्डारी

कर्णाली प्रदेश– हृदयराम थानी

सुदूरपश्चिम प्रदेश– दिलेन्द्रप्रसाद बडु, बद्री पाण्डे

प्रकाशित: Dec 01, 2021| 13:16 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...