मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् ।
 |  बुधबार, मंसिर १५, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, मंसिर १५, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् । 

Kumaribank

एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा समेटिएका हुन्। नेकपा एमाले केन्द्रीय कमिटी सचिवमा कैलालीका लेखराज भट्ट निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा अछामका भीम रावलसहित २५ जना निर्वाचित भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। तर, उनले केन्द्रीय सदस्यको शपथ ग्रहण भने गरेका छैनन्। 

कैलालीबाट केन्द्रीय सदस्यमा नारद मुनी राना, लीला भण्डारी, कमला वली, सन्तोष शर्मा थापा, झपट रावल, गौरीशंकर चौधरी रहेका छन्। यस्तै केन्द्रीय अनुसन्धान आयोगको सदस्यमा कैलालीकै लक्ष्मी शाही चयन भएका छन्। 

कञ्चनपुरबाट निरु पाल, राजेन्द्र रावल र नरबहादुर धामी केन्द्रीय सदस्यमा चयन भएका छन्। बाजुराबाट कर्णबहादुर थापा, लालबहादुर थापा, वसुन्धरा रोकाय, प्रकाश शाह र दयालबहादुर शाही केन्द्रीय सदस्यमा चयन भएका छन्।

Metro Mart

बैतडीबाट लिलाधर भट्ट, डडेल्धुराबाट पठानसिंह बोहरा, डोटीबाट गौरी वली, दार्चुलाबाट गणेश ठगुन्ना  तथा बझाङबाट अफिलाल ओखेडा र भैरवबहादुर सिंह केन्द्रीय सदस्यमा चयन भएका छन्। 

नेकपा एमालेको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका २१० जनाले भाग लिएका थिए। 

सोमध्ये २३ जना पदेन महाधिवेशन प्रतिनिधि रहेका थिए । पदेनमा केन्द्रीय कमिटी, विभाग र जनवर्गीय संगठनबाट रहेका थिए।

१८७ जना भने १६ वटा निर्वाचन क्षेत्र, मजदुर, दलित क्षेत्र र प्रदेश तथा केन्द्रीय कमिटीबाट मनोनीत थिए। महाधिवेशनमा कैलालीका सबैभन्दा बढी निर्वाचन क्षेत्र र दलितबाट ४८ जना प्रतिनिधि रहेका थिए।

प्रकाशित: Dec 01, 2021| 12:21 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।