बझाङ- बझाङमा ठूलो परिमाणमा चरेशसहित एक महिला पक्राउ परेकी छन्। जिल्ला सदरमुकाम चैनपुर बजार नजिकै रहेको डुग्री बजारबाट २५ किलो लागूऔषध चरेशसहित मंगलबार प्रहरीले एक महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्। उनको किराना पसलमा चेकजाँज गर्दा लुकाई राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले जाकारी दिए। प्रहरीले रोकायामाथि थप अनुसन्धान थालेको छ।