बुधबार, भदौ ३, २०८३

बागलुङमा जीप दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

बागलुङ- बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा बा १८ च ५६७७ नम्बर जिप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी थालेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ।

प्रकाशित: Dec 01, 2021| 08:34 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।