शनिबार, माघ ३, २०८२

इटालियन सिरी एमा युभेन्टसको जित

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा युभेन्टसले मंगलबार राति जित निकालेको छ। स्पोटिभा सलरेन्टको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टससँग २–० गोलको हार बेहोरेको हो।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा युभेन्टसले मंगलबार राति जित निकालेको छ। स्पोटिभा सलरेन्टको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टससँग २–० गोलको हार बेहोरेको हो।

National life

युभेन्टको जितका लागि पावलो डिबाला र अल्भेरो मोराटाले गोल गरेका थिए। कुलुसेभ्स्कीले खेलको २१ औं मिनेटमा उपलब्ध गराएको बललाई प्रहार गर्दै डिबालालो अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा अर्को गोल थप्यो।

दोस्रो हाफमा मोराटाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। तर खेलको इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरलाई डिबालाले गोल गर्न नसक्दा युभेन्टस ३–० को अग्रतामा पुग्नबाट चुकेको थियो।

यो जितसँगै युभेन्टसले २४ अंकका साथ सातौं स्थानमा छ। ऊ शीर्षस्थानको नापोलीभन्दा ११ अंकले पछि छ।

प्रकाशित: Dec 01, 2021| 07:55 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।