बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस, जुम्लाको माइनस ४ मा झर्‍यो

काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस, जुम्लाको माइनस ४ मा झर्‍यो

केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम ओरालो लाग्ने क्रममा छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम ओरालो लाग्ने क्रममा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको छ।

यस्तै सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जुम्लाको तापक्रम माइनस ४ दशमल ८ डिग्री सेल्सियसमा झरेको छ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेकाले चिसो बढिरहेको जनाएको छ। नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ। 

आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ।

देशभर चिसो बढेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Dec 01, 2021| 07:26 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।