बेइजिङ- चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबैभन्दा वृद्धा हुन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड-१९ खोपको ५० करोड डोज दिइएको छ।
चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन्। साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८-५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ।