सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री दोस्रो पटक निर्वाचित

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: प्रधानमन्त्री नियुक्त भएकी छन्। अल्जजीराका अनुसार म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

स्टकहोल्म- म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: प्रधानमन्त्री नियुक्त भएकी छन्। अल्जजीराका अनुसार म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा  दिएकी थिइन्। 

National life

उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन्।  गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो। यसअघि, मध्य-वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। 

उनको पहिलो ऐतिहासिक कार्यकाल करिब सात घण्टाको थियो। ‘संवैधानिक अभ्यासअनुसार कुनै दलले सरकार छोडेमा गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनले भनिन्। 

'मेरो लागि, यो सम्मानको कुरा हो, तर म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जहाँ यसको वैधतामा प्रश्न उठाउने आधार होस्,' उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

यद्यपि, एन्डरसनले हालैका दशकहरूमा स्वीडेनका सबैभन्दा कमजोर सरकारलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, एन्डरसनको बजेट आप्रवासी विरोधी स्वीडेन डेमोक्र्याट सहित तीन विपक्षी दलहरूले तयार गर्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 30, 2021| 20:05 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।