आइतबार, असार २१, २०८३

राखेप सदस्य–सचिव घिसिङले पदबहालीसँगै गरे यी दुई निर्णय

त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदबहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको बिमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब दुई वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदबहाली गरेका छन्। त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदबहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको बिमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब दुई वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए।

घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले कामकाज सही र सरल ढंगले अगाडि बढाउनु पर्ने बताउँदै खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। मन्त्री गहतराजले मन्त्रालयसँग जवाफदेही हुँदै खेल संघसँग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने बताउँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए।

खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्य–सचिवलाई अवसर र चुनौती दुवै रहेको बताए।

राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युतमा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्य–सचिवले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे।

नवनियुक्त सदस्य–सचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल रग्बी संघका अध्यक्ष घिसिङले उक्त पदबाट राजिनामा दिइसकेका छन्।


प्रकाशित: Nov 30, 2021| 20:26 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।