मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबु विदेशमा, आमाले गरिन् आत्महत्या: दिदीभाइको बिचल्ली

बाबु विदेशमा, आमाले गरिन् आत्महत्या: दिदीभाइको बिचल्ली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- १३ वर्षीया प्रतिभाकुमारी यादव सातवर्षे कान्छो भाइ अमनसँगै मावलीमा बस्छिन्। जनकपुरबाट करिब पाँच किलोमिटर टाढाको आफ्नो गाउँ सिनुरजोडामा नबसी मावली सोहनीमा बस्नु परिस्थितिले बाध्य बनाएको छ, उनीहरूलाई।

उनका बाबु पल्टु यादव करिब एक दशकदेखि वैदेशिक रोजगारीमा ओमानमा छन्। करिब सात वर्षयता उनले आफ्ना सन्तानको सोधीखोजी पनि गरेका छैनन्। 

दुई वर्षअघि गाउँलेको लाञ्छना सहन नसकेर उनीहरूकी आमा सीतादेवीले आत्महत्या गरिन्। त्यसपछि त उनीहरू बाबु–आमा दुवै गुमाएजस्तो असहाय बनेका छन्। ‘हामीमाथि ठूलो बज्रपात परेको छ,’ प्रतिभाकुमारीले नेपालसँग भनिन्, ‘बुवा हुनु हुन्छ तर हामी टुहुरा बनेका छौं।’

बाबुले वास्ता नगरे पनि आमाले उनीहरूलाई स्थानीय इँटाभट्टामा मजदूरी गरेर पाल्दै आएकी थिइन्। गाउँलेका कारण उनीहरूले एक मात्र सहारा आमा पनि गुमाउनुपर्‍यो। 

मामा-माइजूले उनीहरूलाई सहारा दिइरहेका छन्। स्कुल पढ्ने रहर दुवैमा छ। आमाको मृत्युपछि प्रतिभाले स्कुल छाडिन्। मजदूरी गरेरै सीतादेवीले उनलाई स्थानीय निजी स्कुलमा पढाएकी थिइन्। त्यतिबेला उनी कक्षा ४ मा पढ्दै थिइन्। 

प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’कार्यक्रम ल्याएको छ। तर, त्यसबाट धेरै टाढा छिन्, प्रतिभाकुमारी। 

आफू र भाइ अमनलाई कसैले पढाइदिए हुने उनको आशा देखिन्छ। तर, रहर मनमै सीमित बन्ने चिन्तामा देखिन्छिन्। 

बाबु पल्टुले आफ्नो नागरिकता विदेश नै लगेका छन्। सोही कारण दुवै दिदीभाइको जन्मदर्ता हुन सकेको छैन। ‘आमाको नागरिकता नै भेटिएन,’ प्रतिभाले भनिन्। जन्मदर्ताका लागि वडा कार्यालयले आमा-बाबुको नागरिकता मागेको छ। उनीहरूले बुझाउन सकेका छैनन्। 

सिनुरजोडाका बासिन्दाका अनुसार प्रतिभाका बाबु पल्टु वैदेशिक रोजगारमा गएपछि करिब सात वर्ष अघि गाउँ आएका थिए। थोरै घडेरीबाहेक आफ्नो भागमा रहेको करिब २०-२५ कठ्ठा जग्गासमेत बिक्री गरिसकेका छन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।