मंगलबार, कात्तिक ११, २०८२

अपडेट - अछाम बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार बस दुर्घटनामा अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको हो।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८
Kumaribank
Metro Mart

धनगढी- अछाममा भएको बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार बस दुर्घटनामा अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको हो। 

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गंगादत्त बडूले बसमा ३८ जना सवार रहेकोमा दुई जनाको मृत्यु भएको र अन्यको जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा उपचारका लागि पठाइएको बताए। 

अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना भएको थियो।


प्रकाशित: Nov 30, 2021| 18:11 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।