बिहीबार, चैत १२, २०८२

इंग्ल्यान्डको सेमिफाइनल सपनामा ब्रेक लगाउने दाउमा स्वीडेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकप अर्न्तगत शनिबार क्वार्टफाइनल चरणका दुर्इ खेल हुने भएका छन्। जसअर्न्तगत सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्ड र स्वीडेनबीचको खेल नेपाली समयअनुसार ७:४५ बजे सामरास्थित सामरा रङ्गशालामा हुनेछ। 

सन् १९९४ पछि पहिलो पटक सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदान उत्रिन लागेको इंग्ल्यान्डलार्इ अघि बढ्न नदिने दाउमा स्वीडेन रहेको छ। स्विडेनकालागि इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नु त्यती सहज भने पक्कै छैन। इंग्ल्यान्डको २४ वर्षपछिको सेमिफाइनल सपनामा ब्रेक लगाउन रक्षापंक्ति बलियो बनाउने दाउमा छ।

स्वीडेन आफ्नो बलियो रक्षापंक्तिलाई पहिलो हतियार बनाउने तयारीमा छ। तर बलियो रक्षापंक्ति र समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनले टोलीलाई उर्जा थपेको छ। पहिलो चरणमा दक्षिण कोरियालार्इ १-० ले जिते निकालेको स्वीडेनले जर्मनीसँग २-१ ले पराजय बेहोर्‍यो भने मेक्सिकोसँग ३-० गोलले जित निकाल्दै प्रिक्वार्टरफाइनल प्रेवेश  गरेको थियो। दोस्रो चरणमा स्विट्‍जरल्यान्डविरुद्ध १-० को जित दर्ता गराउँदै क्वार्टफाइनल यात्रा निश्चित गरेको थियो।

त्यसैगरी इंग्ल्याण्डले पनि यस विश्वकपमा राम्रो पदर्शन गरेको छ। समुह चरणको खेलमा ट्‍युनिसियालार्इ २-१ र पानामालार्इ ६-१ गोल अन्तरले पराजित गर्यो भने बेल्जियमसँग १-० गोलले हार व्यहोर्दै प्रिक्‍वार्टरफाइनल चरणमा पुग्यो। प्रिक्वार्टरफाइनलमा कोलम्बियासँग खेलअवधिभर १-१ को बराबरी खेलेपनि पेनाल्टी सुटआउटमा ४-३ को अन्तरले जित हात पार्दै क्वार्टरफाइनल चरणमा पुग्यो। 

उसो त स्विडेनले इंग्ल्याण्ड विरुद्धको खेलमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। इंग्ल्याण्डसँगका पछिल्ला आठ खेलमा स्विडेनले केवल एक खेलमा मात्रै पराजय व्यहोरेको छ। फुटबलको इतिहासमा यी दुई टोली २३ पटक आमनेसामने भएका छन् । जसमा दुवै टोलीले समान ७-७ खेल जितेका छन् भने ९ खेल बराबरीमा टुङ्गिएका छन्।

यता विश्वकपको नकआउट चरणमा भएका पेनाल्टी सुट आउटमा सँधैं अभागी सावित हुँदै आएको इंग्ल्याण्ड यसपटकको विश्वकपमा भने भाग्यमानी सावित भएको थियो। उसले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४–३ ले पाखा लगाउँदै सन् १९९० पछि पहिलो पटक सेमिफाइनल पुग्ने सपनालाई कायमै राख्न सफल भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।