काठमाडौं– कोरोना संक्रमणका कारण उपचार गराइरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। जबरा कोरोना पोजेटिभ भएपछि सोमबार सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका अनुसार जबराको स्वास्थ्य अवस्था स्थिर र सामान्य छ। ‘उहाँको अवस्था सामान्य छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले भने।