काठमाडौं- गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता आज मंगलबारबाट सुरु हुँदै छ।
पाँच दिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए। १५ लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरुको सहभागिता रहेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलिबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन्। चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन्।
गोङ्गबु बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ। एक टोलीमा पाँच खेलाडी समाबेश हुने छन्। चार खेलाडी मैदानमा उपस्थित हुने छन्।