आइतबार, असार २१, २०८३

मेस्सीले सातौंपटक जिते बालोन डि ओर

अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्। सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन्।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डीुओर अवार्ड जितेका हुन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए। मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्। मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे। रोनल्डोले यो अवार्ड पाँच पटक जितेका छन्।

महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्। जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर हात पारे।

बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू २१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे। इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे। क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ।

प्रकाशित: Nov 30, 2021| 07:20 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।