काठमाडौं- सोमबार साँझ दशरथ रंगशालामा चार हजार फुटबल समर्थकको उपस्थिति थियो। सहिद स्मारक ए डिभिजन लिगमा पछिल्लो तीन वर्षयताकै सबैभन्दा धेरै उपस्थिति यो खेलमा भएको दाबी गरिएको छ।
पछिल्लो सिजनको अन्तिम खेलमा तीन हजार समर्थक उपस्थित हुँदा मैदानमा मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब नै भिड्दै थिए। र, सोमबारको खेलमा पनि तिनै दुई क्लबबीच प्रतिस्पर्धात्मक खेल चल्यो।
१२ हजार ५०० क्षमता भएको साधारणतर्फको प्यारापिटको डी, ई र एफ ब्लकका समर्थक भरिएका थिए। बाँकी ब्लकमा फाट्टफुट्ट समर्थक थिए भने दुई हजार ५०० सय क्षमताको भिआईपी प्यारापिटतर्फ पनि उल्लेख्य संख्यामा दर्शक उपस्थित थिए।
पौने पाँच बजे प्रज्वल क्षेत्रीले ह्विसेल बजाएसँगै इन्टेन्स बनेको खेलका पहिलो हाफभरि रंगशालामा दर्शक आउने क्रम जारी थियो। ठूलो हो-हल्लाबीच पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर गुमाए। त्यसमा पनि मछिन्द्रको २६ औं मिनेटमा मुभ उल्लेख्य रह्यो।
तर, रंगशालामा दर्शकले गोलको रोमाञ्चकता भने महसुस गर्न पाएनन्। आर्मीका प्रशिक्षक नविन न्यौपानेलाई आजको खेल महत्वपूर्ण लागेको थियो। त्यो किनभने उनले मछिन्द्रसँग हार बेहारेपछि नै पछिल्लो सिजनको उपाधि गुमाएका थिए। तर आजको खेलमा उनको टिममा स्ट्राइकर चल्न सकेनन्। उनी भन्छन्, ‘आजको खेल धेरै महत्वपूर्ण थियो। डिफेन्डिङवाइज हामीले धेरै राम्रो खेल्यौ। तर अट्याकिङमा कम्बिनेसन प्लेमा चुक्यो। अन्तिममा केही राम्रो भयो।’
अजरबैजानी फरवार्ड नुर्लान नोभ्रोजोभले छ यार्ड बक्सभित्रबाट प्रहार गरेको बल आर्मीका सुटस्टपर विकेस कुथुले बचाएका थिए। फर्किएर आएको बललाई सुनिल बलले पुन प्रहार गरे पनि कुथुले गोललाई भित्र छिर्न दिएनन्। अन्तिममा सन्तोष तामाङले बल क्लियर गरिदिएपछि उत्साहित समर्थक कही क्षणका लागि शान्त बनेका थिए।
त्यसअघि खेलको चौथो मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार पनि गोलकपर कुथुले बचाएका थिए। ‘आजको खेलमा हामी तीन अंकका लागि आएका थियौँ। यो खेल धेरै महत्ववपूर्ण थियो। आर्मी पनि उपाधि दावेदार हो। तर हामीले सोचेअनुरुपको खेल भएन। पहिलो हाफमा दुई वटा अवसर आएका थिए तर गोल गर्न सकिएन,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलपछि भने।
आर्मीले पहिलो हाफको अन्तिममा सुनौलो अवसर गुमाए। अन्तिम मिनेटमा छ यार्ड बक्सभित्रै रहेको सेसेहाङ आङ्देम्बेले बल प्रहार गर्न सकेनन्। पहिलो हाफमा कुथुको तुलनामा मछिन्द्रका गोलकिपर विसाल श्रेष्ठ कम व्यस्त रहे।
लिग सुरु हुनुअघिदेखि नै खेलाडीमा चोटले थलिन थालेको आर्मीका दुई खेलाडी पहिलो हाफमै चोटकै कारण मैदान छोड्न बाध्य भए। २५ औं मिनेटमा फरवार्ड सुदिल राई बाहिरिए भने सुमन अर्यालले पहिलो हाफको चोटिल समयमा मैदान छोडे। आर्मीका नवयुग श्रेष्ठले त चोटका कारण लिग नै गुमाउने भइसकेका छन्।
यद्यपि आर्मीले पहिलो हाफको अन्तिममा सुनौलो अवसर गुमाए। अन्तिम मिनेटमा छ यार्ड बक्सभित्रै रहेको सेसेहाङ आङ्देम्बेले बल प्रहार गर्न सकेनन्। पहिलो हाफमा कुथुको तुलनामा मछिन्द्रका गोलकिपर विसाल श्रेष्ठ कम व्यस्त रहे।
यता, दोस्रो हाफमा आर्मीले गोलका थप असफल प्रयास गर्यो। दिनेश हेन्जनको क्रसलाई टंक बस्नेतले पोस्टतर्फ प्रहार गरे पनि गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो। दोस्रो हाफका मछिन्द्रका प्रशिक्षक कटुवालले स्टार फरवार्ड विमल घर्ति मगर र मनिष डाँगीलाई मैदानमा छिराए पनि आर्मीले दबाब कामय राख्यो।
आर्मीका शेहेहाङ आङ्देम्बे खेलको सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहे। खासमा आर्मीले आजको खेलमा सुरुबाटै फिजिकल खेल खेलेर अन्तिममा दबाबा दिँदै गोल गर्न योजना बनाएको थियो। तर, उसका दुई खेलाडी घाइते भएपछि उसले पहिलो हाफमै दुई खेलाडी प्रतिस्थापन गर्नुपर्यो।
‘विपक्षीलाई थकाएर ७० मिनेट पछि खेल्ने हाम्रो सोच थियो। त्यतिबेला विपक्षी खेलाडी थाकेका हुन्छन्,’ न्यौपानेले भने, ‘त्यतिबेला खेलाडी परिवर्तन गरेर गोल गर्ने योजना थियो। तर इन्ज्युरीले गर्दा त्यो सफल भएन्। हाम्रोमा स्कोरिङ समस्या हो। स्ट्राइकरको कमी भएको हो।’
पहिलो हाफमा चाहिँ मछिन्द्रका गोलकिपर व्यस्त बने। खेल बराबरीमा रोकिएपछि दुवै टिमले १–१ जोडे।
मछिन्द्रले पछिल्लो सिजनको अन्तिममा मात्र विमल घर्ती मगरलाई अनुबन्ध गरेको थियो। यो वर्ष पनि उसले मनिष डाँगीलाई भित्र्याएको छ। यसरी उसको टिममा आठ उत्कृष्ट फरवार्ड छन्। ठूलो संख्यामा फरवार्ड र विंगर रहको टिममा पनि स्कोरिङ किन नभएको होला ? जवाफमा मछिन्द्रका प्रशिक्षक कटुवाल प्रोपर स्ट्राइकरको कमी रहेको बताउँछन्।
‘हाम्रो टिमका खेल्नुपर्ने मूख्य खेलाडीले पनि खेलेनन्। हाम्रो टिममा प्रोपर स्ट्राइकर नभएको हो,’ प्रशिक्षक कटुवालले भने, ‘रेजिन सुब्बा थियो प्रमुख स्ट्राइकर, ऊ एक महिनापछि मात्र चोटमुक्त हुन्छ। विदेशी पनि प्रोपर स्कट्राइकर छैन्। नुर्लान र अभिषेश दुर्इृ खेलसम्म चलेका छैनना्। नुर्लान को ह्यामिस्ट्रिन छ। अभिषेकको अभ्यास राम्रो छ तर खेलमा छैन।’
कटुवालले आजको खेलमा आर्मीले पछिल्लो चरणमा पुलिससँग खेलेको भन्दा राम्रो खेलेको बताए। आर्मीका प्रशिक्षकले चाहिँ मछिन्द्रले पहिलो हाफमा धेरै समय बल कन्ट्रोल गरेको बताए।
मछिन्द्र बलियो टिम भए पनि आजको बराबरीबाट प्रशिक्षक न्यौपाने सन्तुष्ट छैनन्। ‘बराबरीमा सन्तुष्ट छैन किनेभने हामी उपाधि दाबेदारीमा छौं। उपाधि पाउन गाह्रो छ,’ उनले भने। उनले उपाधि जित्नका लागि स्कोरिङमै केन्द्रित रहेको बताएका छन्।
तर आर्मीलाई सबैभन्दा ठूलो समस्या चोटको नै छ। किनभने लिगअघिको मैत्रीपूर्ण खेलमै धेरै खेलाडी चोटग्रस्त भएका छन्। त्यसका लिगको सबैभन्दा बलियो क्लब मछिन्द्र रहे पनि यो सिजनको लिगमा अन्य टिमहरु पनि बलिया भएर आएका छन्।
गएको सिजनमा बी डिभिजनबाट बढुवा भएर आएको सातदोबाटोले थ्रिस्टारलाई हराइसकेको छ। ‘लिगमा सबै टिम महत्वपूर्ण छन्। सातदोबाटो पनि राम्रो छ। सबै टिमसँग राम्रा खेलाडी छन्,’ न्यौपानेले भने।
आर्मीले एएफसी क्लब लाइसेन्स पाएपछि विदेशी खेलाडी ल्याउनेबारेमा पनि सोचिरहेको प्रशिक्षक न्यौपानेले बताएका छन्।