काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
अध्यक्ष, उपाध्यक्षसहित विभिन्न पदमा राति ९ बजेदेखि १ बजेसम्म हुने बताइएको थियो। तर, उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदान समयमै सुरु गर्न समस्या भएको एमालेको केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले जनाएका छन्।
केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको जनाइएको छ।
एमालेको महाधिवेशन १२ गते सक्ने भनिए पनि अध्यक्ष ओलीको सर्वसम्मतिको प्रयासका कारण दुई दिन पर धकेलिएको हो।
एमालेको नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले प्रतिस्पर्धा गरिरहेका छन्।