सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट संक्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए। पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाई छ। संक्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

पोल्याण्ड- पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट संक्रमित भेटिएका छन्। 

National life

फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट संक्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए। पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाई छ। संक्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए।

त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ। बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गरेका हुन्।  'हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ,' उनले भने। 

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन्। उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित: Nov 30, 2021| 05:10 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।