सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ। सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो। सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

बार्बाडोस- विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ। क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो। बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ। 

National life

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चार्ल्स बार्बाडोस पुगेका थिए। बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्। हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गरिने भएको हो। 

सोमबारदेखि मंगलबारसम्ममा गर्ने गरी सैनिक परेडदेखि विभिन्‍न झाँकीसहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन्। संक्रमणकालीन यस समारोहमा राजकुमार चार्ल्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ। सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो। सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो। 

गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गरेका थिए। बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्‍ने घोषणा गरेका थिए। तर बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ।

Laxmi sunrise bank
kumari

तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी 'अर्डर अफ फ्रिडम अफ बार्बाडोस' ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ।

प्रकाशित: Nov 30, 2021| 04:50 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।