सोमबार, फागुन २५, २०८२

रूसमा २४ घण्टामा थपिए ३३ हजार ८६० कोभिड–१९ संक्रमित

रुसमा पछिल्लो २४ घण्टामा ३३ हजार ८६० जनामा कोभिड–१९ संक्रमित पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या ९६ लाख चार हजार २३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को- रुसमा पछिल्लो २४ घण्टामा ३३ हजार ८६० जनामा कोभिड–१९ संक्रमित पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या ९६ लाख चार हजार २३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ।

त्यसैगरी संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २०९ थपिएको छ र कुल संख्या दुई लाख ७३ हजार ९६४  पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २७ हजार ७०० थपिएसँगै कुल निको हुनेको संख्या ८१ लाख ९५ हजार ८११ पुगेको छ। 

कोभिड–१९ सङ्क्रमणबाट मृत्युदर २.८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ। यसैबीच  रूसको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा ३ हजार ४३४ नयाँ संक्रमित फेला परेका छन् भने यहाँ संक्रमितको कुल संख्या १९ लाख ४३ हजार ९२९ पुगेको छ।

प्रकाशित: Nov 29, 2021| 01:00 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।