सोमबार, फागुन २५, २०८२

साउदी दुलाहा जो विवाह गर्दागर्दै परीक्षा दिन पुगे

लइलीको यसै साता विवाह भएको थियो। विवाहको तय भने एक महिनाअघि भएको थियो। माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

रियाद- पछिल्लो एक सातादेखि साउदीका एक युवक एउटा अनौठो कार्यका लागि सञ्चारमाध्यममा छाएका छन्। विवाह गर्दागर्दै कार्यक्रम रोकेर जाँच दिन परीक्षा हलमा पुगेपछि उनको चर्चा हुन थालेको हो। प्रसंग साउदीका विद्यार्थी अल लइलीको हो। 

National life

लइलीको यसै साता विवाह भएको थियो। विवाहको तय भने एक महिनाअघि भएको थियो। माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो।

दुवै काम एकै दिन परेपछि एकछिन उनी समस्यामा परे। अन्तत उनी निर्णयमा पुगे विवाह पनि गर्ने र परीक्षा पनि दिने। विवाह गर्दागर्दै वेहुलाकै भेषमा परीक्षा हलमा पुगे, उनी।

‘विवाह गर्दागर्दै रोकेर म वेहुलाको भेषमा नै परीक्षा हल आएको छ। आशा छ म दुबै कार्यमा सफल हुनेछु,’ उनले भने। परीक्षा सक्ने वित्तिक्कै उनी सोझै विवाह समारोहमा पुगेका थिए। विवाह र जाँचमा सहभागी भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2021| 23:20 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।