काठमाडौं- एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ। ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए।
अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो। केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेतृत्व अप्ठ्यारोमा परेको थियो।
ओलीले आइतबार केन्द्रीय कमिटीका ३०१ जनाको नामवाली पेश गरेका थिए। उक्त सूचीप्रति भीम रावल र घनश्याम भूसालले आपत्ति जनाएपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो।
केन्द्रीय सदस्य पदमा सहमति जुटेसँगै अब पदाधिकारीका लागि मात्रै निर्वाचन हुने भएको छ। एमालेको निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने भएको छ।