आइतबार, असार २१, २०८३

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो। 

१ कात्तिकमा तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दर्खास्त आव्हान गरेको थियो।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिती गठन गरेका थिए।

समितिले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा  कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो। समितिले उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतिपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाइसकेको थियो।

नेपाल सरकारको नियम अनुसार १८ एक जना महिलासहित  तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितीले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो।  

सदस्य सचिवमा आवेदन बुझाउनेमा टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दिपक विष्ट, आरके विष्ट, रविराज कर्णिकार,मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे,छुम्बी लामा र सुनिल नकर्मी रहेका थिए।

प्रकाशित: Nov 29, 2021| 18:11 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।