आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • उपाधि जित्‍ने महत्वकांक्षासाथ लिग खेलिरहेको एनआरटी दुवै खेलमा जितविहीन

उपाधि जित्‍ने महत्वकांक्षासाथ लिग खेलिरहेको एनआरटी दुवै खेलमा जितविहीन

खेलको पहिलो हाफमा एनआरटीले आंशिक दबाब बनायो। खेलको आधा समय त बल मैदानको बीचतिरै रह्यो। ब्रिगेड ब्वाइज् क्लबले फ्री-किकमा पाएको अवसरलाई सदुपयोग गर्न खोजे पनि सकेन।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा बलियो क्लब मछिन्द्रसँग २–१ गोलको हार बेहोरेको न्यु रोड टिम (एनआरटी) ले दोस्रो खेलमा पनि जित निकाल्न सकेन। सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्‍न खेलमा उसले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्यो।

खेलको पहिलो हाफमा एनआरटीले आंशिक दबाब बनायो। खेलको आधा समय त बल मैदानको बीचतिरै रह्यो। ब्रिगेड ब्वाइज् क्लबले फ्री-किकमा पाएको अवसरलाई सदुपयोग गर्न खोजे पनि सकेन।

उसले पहिलो हाफमै ११ पटक फ्री-किक पाएको थियो। कुनै फ्री-किकलाई सदुपयोग गर्न सकेन। एनआरटीले खेलको सुरवातबाटै फिजिकल खेले खेल्न खोजेको थियो। टिमको अग्रपंक्तिमा रहेका मेसुके आलुमेउ, स्टेफेन विनोङ र डिफेन्डर आन्दे्र थियोरीले विपक्षी टिमलाई दबाबमा राख्ने हरसम्भव प्रयास गरे।

त्यसै दौरान आन्द्रेले पहिलो हाफमा पहेंलो कार्ड पाए। उनले लिगको पहिलो खेलमा पनि पहेंला कार्ड पाएका छन्। यससँगै उनी अर्को खेलमा प्रतिबन्धमा परे।

त्यसअघि खेलको १९ औं मिनेटमा मेसुकेको प्रहार पोस्टबाट फर्किएपछि विक्रमले प्रहारका लागि दर्शन गुरुङलाई छोडिदिएका थिए। तर छ यार्ड भित्रबाट गरेको प्रहारलाई गोलकिपर पुर्ण लिम्बूले बचाएका थिए।

एनआरटीका सहायक प्रशिक्षक जीवनमान सिंकेले आजको एनआरटीको खेल आशा गरेअनुसार नभएको बताएका छन्। उनले भने, ‘अभ्यास अनुसारको खेल भएन। तर बाँकी खेलमा लागि सुधारको समय छ। बल पोसेसन राख्‍न सकेनौं। सट पास नखेल्नु, खालि भएका खेलाडीलाई बल दिएर खेल्न योजना थियो, तर योजना अनुसार भएको छैन। धेरै पासमा गल्ती भयो।’

३८ औं मिनेटमा मेसुकेका क्रस आउट भयो भने ४३ औं मिनेटमा पनि एनआरटीले सुनौलो अवसर गुमायो। त्यो मिनेटमा स्टेफेन विनोङले पोस्टको दायाँबाट क्रस गरेका थिए। तर पोस्टनजिकै कुनै खेलाडी नभएपछि बल बाहिरिएको थियो। फरवार्ड रन्जन विष्टले बल भेट्न प्रयास गरे पनि उनी असमर्थ रहे।

के एनआरटीको टिम सेट हुन नसकेको हो ? जवाफमा जीवनले भने, ‘सेट हुन नसकेका त कसरी भन्‍ने? एक महिना त भइनै सक्यो। तर पनि खेलाडीबीच तालमेल मिलिरहेको छैन। कम्युनिकेसनमा ग्याप हुन सक्छ। दुवैलाई अंग्रेजी नआउने। केही मिलिरहेको छैन।’

दोस्रो हाफमा ब्रिगेड ब्वाइज्‌ले केही राम्रा मुभहरु बनायो। यद्यपि गोलका सबै प्रयासहरु असफल रहे। बीबीसीको तुलनामा एनआरटीले कमै पोस्ट अटेम्प्ट गर्‍यो। खेलको ६५ औं मिनेटमा दिनेश राईको प्रहारलाई गोलकिपर अजित प्रजापतिले बचाएका थिए। त्यही मिनेटमा मेसुकेले काउन्टर अट्याकको प्रयास गरे पनि गोल गर्नमा असमर्थ रहे।

त्यस्तै, खेलको ७३ औं मिनेटमा भुवन बस्‍नेतको प्रयास पनि पोस्टबाट बाहिरिएको थियो। निर्धारित समयको पाँच मिनेट बाँकी रहँदा ड्याडी वाम्बाको हेडरप्रयास पोस्टबाहिर गएको थियो।

बीबीसीले दोस्रो हाफमा पाएको धेरै अवसरहरु खेर फाल्यो। ‘पाएको अवसर पनि सदुपयोग गर्न सकेनौं। आशा अनुसारको प्रदर्शन गर्न नसक्नुभन्दा पनि हाम्रो इन्ज्युरी धेरै थियो,’ प्रशिक्षक श्रेष्ठले अन्तिममा भने।

आजको खेलसँगै एनआरटीले आफ्नो दोस्रो खेलमा बराबरी गर्दै एक अंक जोडेको छ। यता बीबीसीले भने चार अंक बनाएको छ। 

बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले आजको खेलको पहिलो हाफमा खेलाडी सेट हुन समय लागेको कारण गोल नभएको बताएका छन्। उनले भने, ‘आजको खेलमा पहिलो हाफमा सेट हुन गाह्रो भयो। दोस्रो हाफ केही राम्रो भयो।’ 


प्रकाशित: Nov 29, 2021| 18:04 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।